४ जेष्ठ २०८१, शुक्रबार

लुम्बिनी वाङमय प्रतिष्ठानको अध्यक्षमा ऋषि आजाद

प्रकाशित मिति :  17 April, 2022 2:44 pm



रुपन्देही । लुम्बिनी वाङमय प्रतिष्ठानको अध्यक्षमा ऋषि आजाद चयन भएका छन् ।

हिजो कपिलवस्तुको कपिधाममा सम्पन्न प्रतिष्ठानको तेस्रो अधिवेशन तथा पाँचौ साधारण सभाले आजादलाई अध्यक्ष चयन गरेको हो ।

कार्यक्रममा लुम्बिनी वाङमय प्रतिष्ठानको मानार्थ सदस्यता, आजीवन सदस्यता, विशिष्ट सदस्यता र संस्थापक सदस्यता प्रदान गरिएको थियो । कार्यक्रममा फत्तेकुमारी ओली, कविता उपाध्याय, पशुपतिमणि त्रिपाठी, नारायण ज्ञवाली, शेखर दहित, डिकबहादुर विश्वकर्मा, गिरीश्रीस मगरलाई अभिनन्दन गएिको थियो । कार्यक्रममा सातवटा पुस्तक विमोचन गरिएको छ ।

प्रमुख अतिथि माधवकुमार नेपालले संस्कृत वाङमयको उत्थानको लागि कपिलधामले गरेको योगदानको मुक्त कण्ठले प्रशंसा गर्दै यसलाई विशेष सहयोग गरी अगाडि बढाउने प्रतिवद्धता जनाए । आफ्नो पिताजीको संस्कृति दर्शन र साहित्यमा भएको योगदानको स्मरण गरे ।

विशिष्ट अतिथि गंगाप्रसाद कोइरालाले स्वर्गीय हिमलाल ज्ञवालीले नेपाली वाङमयको विकासमा देखाएको तत्परता र योगदानको कदर गर्दै उनकोसपना पूरा गर्न सबै लाग्नु्पर्नेमा जोड दिए ।

लुम्बिनी वाङमय प्रतिष्ठान नेपालको विधान संशोधन गरी वाङमय प्रतिष्ठान लुम्बिनी प्रदेश बनाइएको छ ।
अधिबेशनले ऋषि आजादको अध्यक्षतामा नयाँ समिति गठन गरेको छ । समितिको उपाध्यक्ष हरि पोखरेल, उपाध्यक्ष सिर्जना ज्ञवाली, महासचिव अर्जुनकुमार पौडेल, सचिव शेखर दहित, कोषाध्यक्ष लक्ष्मण ज्ञवाली रहेका छन् ।

सदस्यहरूमा विक्रम शिशिर बाँके, मीना बराल बर्दिया, फत्तेकुमारी ओली रुकुम, कमलमणि देवकोटा दाङ्ग, नवराज आचार्य, प्यूठान, कविता उपाध्याय रोल्पा, कृष्णकला भण्डारी पाल्पा, घनश्याम न्यौपाने परिश्रमी नवलपरासी, पशुपतिमणि त्रिपाठी कपिलवस्तु, तिलक लामिछाने रुपन्देही, कविता पन्थी गुल्मी, पिताम्बर बन्जाडे अर्घाखाँची निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस !