४ जेष्ठ २०८१, शुक्रबार

भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी सुरु

प्रकाशित मिति :  17 April, 2022 4:01 pm


काठमाडौँ । भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी सुरू भएकाे छ । बैशााख ४ गतेदेखि ६ गतेसम्म चल्ने प्रर्दशनी कार्टुननिस्ट क्लब अफ नेपालले आयोजना गरेको हो ।

भ्रष्टाचारविरुद्ध कार्टुन प्रर्दशनीको उद्घाटन गर्दै सभामुख अग्नीप्रसाद सापकोटाले आफूले दुई पैसा पनि भ्रष्टाचार नगरेको भन्दै भ्रष्टाचारविरुद्धको अभियानमा साथमा रहने बताए । उनले भने,“मैले दुई पैसा पनि भ्रष्टाचार गरेको छैन र भ्रष्टाचारविरुद्धको अभियानमा सधै साथ रहने छ।”

उनले भ्रष्टाचार बढ्दै गएकाले सचेत गराउँदै त्यसलाई खबरदारी गर्दै जान आग्रह गरे ।

कार्यक्रममा कार्टुननिस्ट क्लब अफ नेपालका अध्यक्ष वासु क्षितिजले भ्रष्टाचारले समाजका हरेक पक्षमा जरा गाडेको र भ्रष्ट प्रोत्साहित र सदाचार उल्टै निरुत्साहित देखिन थालेको बताए ।

उनले भने,“ जिम्मेवार निकायका मानिस आफ्नो कर्तव्य भुलेर अकुत धन थुपार्नमा लागेकाले भ्रष्टाचार राज्य र समाजको दीर्घरोग बनेको छ।’’ यो केबल प्रदर्शनी मात्रै होइन भ्रष्टाचारविद्धको सिर्जनात्मक अभियानको सुरुवात समेत रहेको बताए ।

“हाम्रो उद्देशय पत्रपत्रिकामा सानो साइजमा छापिने कार्टुन भित्तमा झुण्डाउनु मात्र होइन एउटा निश्चित उद्देश्यसहित अखबारका कोलमबाट निस्केर प्रदर्शनी हलसम्म आइपुगेका हौँ ।’’ उनले थपे ।

बन्दै गरेको पुल भत्केको, कोरोना परिक्षण गर्दा पैसा लिएर रिज्लट नेगेटिभ निकालेको, मन्त्रीको सम्पति सार्वजनिक गरेको विषयको ब्याङ्ग्य, निजी विद्यालयले अभिभावकसँग मनपरि शुल्क उठाएको, सरकारी कार्यलयमा हुने खेलेआम भ्रष्टाचारको बारेमा, विभिन्र कार्टुनहरु प्रर्दशनी हलमा राखिएको छ ।

काठमाडौँको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा सुरु भएको प्रदर्शनी तीन दिनसम्म चल्नेछ ।



प्रतिक्रिया दिनुहोस !