२३ बैशाख २०८१, आइतबार

भीरकोट नगरपालिकाको मेयरमा काँग्रेसबाट १२ जना आकांक्षी

प्रकाशित मिति :  17 April, 2022 5:33 pm


स्याङ्जा । भीरकोट नगरपालिकामा नेपाली काँग्रेस भीरकोट नगर कार्यसमितिको तर्फबाट स्थानीय तहको निर्वाचनमा सर्वसम्मत उमेदवार चयन तथा प्रतिबद्धता कार्यक्रम सम्पन्र भएको छ । कार्यक्रममा पार्टीका जिम्मेवार कार्यकर्ता र आकांक्षीहरुको सहभागिता रहेको थियो ।

नेपाली काँग्रेस पार्टीको तर्फबाट भीरकोट नगरपालिकाको मेयरमा १२ जना र उपमेयरबाट ६ जना र अन्य विभिन्र पदमा २२१ जनाले इच्छा गरेका थिए ।

नगर सभापति याम प्रसाद अधिकारीले सबै उमेदवारहरुले इच्छा गरेको भएपनि पार्टीले गरेको निर्णय स्वीकार गर्ने बताए । कार्यक्रममा पार्टीको निर्णयलाई आत्मसात गरेर स्थानीय निर्वाचनमा सबै वडा र प्रमुख उपप्रमुख पदमा नेपाली काँग्रेसलाई आत्यधिक मतले विजय गराउने अभियानमा लागि पर्न पार्टीका जिम्मेवार कार्यकर्ता र आकांक्षीहरुले प्रतिबद्धता जनाएका थिए ।

अधिकारीले आफू नगरको नेतृत्व सम्हालेपछि भीरकोटमा नेपाली काँग्रेसको पार्टी गतिविधि थप सशक्त र प्रभाावकारी बन्दै गएको दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !