९ पुस २०८२, बुधबार

वालिङ नगरपालिका अध्यक्षमा एमालेले कृष्ण खाँणलाई उम्मेदवार बनाउने

प्रकाशित मिति :  17 April, 2022 6:39 pm


स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिकामा नेकपा एमाले वालिङ नगरपालिका कमिटीले स्थानीय तहको निर्वाचनमा अध्यक्षमा कृष्ण खाँणलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

आइतबार बसेको बैठकले सर्वसम्मत रूपमा पालिका अध्यक्षमा कृष्ण खाँणलाई र उपाध्यक्षमा खगिसरा थापालाई उम्मेदवार सिफारिस गरेको हो ।

यसअघि २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट पूण्य प्रसाद अर्याल उम्मेदवार भएका थियो ।



प्रतिक्रिया दिनुहोस !