१७ बैशाख २०८१, सोमबार

चीनमा कोरोना संक्रमित शुन्य, इटलीमा एकैदिन ४७५ जनाको मृत्यु

प्रकाशित मिति :  19 March, 2020 10:10 am


काठमाडौं, चैत्र । 

चीनको वुहान क्षेत्रमा बुधबार कोरोनाभाइरसका कुनै पनि संक्रमित फेला नपरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

कोरोनाको सबैभन्दा बढी जोखिम रहेको भनिएको चीनमा पछिल्लोपटक ३४ जना नयाँ संक्रमित फेला परेको भए पनि ती सबै बाहिरबाट आएका संक्रमित थिए ।

चीनले कोरोनाविरुद्धको लडाइँमा सफलता मिलेको बताएको छ ।पछिल्लो समयमा चीनमा कोरोनाभाइरसका कारण आठजनाको ज्यान गएको थियो । तर नयाँ संक्रमित नरहेको सीएनएनले जनाएको छ ।

बीबीसीमा प्रकाशित समाचारअनुसार इटलीमा एकैदिनमा कोरोनाभाइरसका कारण ४७५ जनाको ज्यान गएको छ ।

इटलीमा यो महामारीकै रुपमा फैलिएको बताइएको छ ।अहिलेसम्म त्यहाँ ३५ हजार बढीलाई कोरोना संक्रमण देखिएको छ ।इटलीमा कोरोनाले ज्यान गुमाउनेको संख्या तीनहजार हाराहारीमा पुगेको बीबीसीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !