५ जेष्ठ २०८१, शनिबार

स्याङ्जाका तीन स्थानीय तहमा एमालेले छान्यो प्रमुख र उपप्रमुख

प्रकाशित मिति :  18 April, 2022 1:20 pm


स्याङ्जा । स्याङ्जा जिल्लामा वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनको लागि कार्यक्रमहरु तिव्र रुपमा अघि बढिरहेका छन् । त्यो सँगै जिल्लामा विभिन्र पार्टीले आगामी निर्वाचनको लागि उम्मेदवार छनोट कार्यलाई तिव्रता दिएको छ ।

त्यसैगरि वैशाख ३० गते हुने स्थानिय तहका निर्वाचनका लागि नेकपा एमालेले जिल्ला कमिटीले तीन वटा स्थानिय तहमा प्रमुख उपप्रमुख उम्मेदवारी छनोट गरेको छ ।

स्र्माट सिटीको रुपमा चिनिएको वालिङ नगरपालिकामा आइताबार बसेको बैठकले सर्वसम्मत रुपमा पालिका अध्यक्षमा कृष्ण खाँणलाई र उपाध्यक्षमा खगिसरा थापालाई उम्मेदवार सिफारिस गरेको छ । यसअघि वालिङमा २०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट पूण्य प्रसाद अर्याल उम्मेदवार भएका थिए ।

यसैगरि हरिनास गाउँपालिकामा अध्यक्षको उम्मेदवारको रुपमा खिमनारायण मानन्धरलाई उम्मेदवार छनोट गरेको छ । मानन्धर हरिनास गाउँपालिकाको वहालवाला अध्यक्ष पनि हुन् ।

नेकपा एमाले आँधिखोला गाउँपालिकामा प्रमुखमा विश्व पौडेल र उपप्रमुुखमा सीता थापालाई उम्मेदवारमा चयन गरेको छ । पौडेल नेकपा एमाले जिल्ला कमिटीको उपसचिवमा छन् भने थापा जिल्ला समन्वय समितीको सदस्यमा छन् ।

एमालेले वडा अध्यक्षका उम्मेदवारहरु समेत सहमतिमा टुङ्ग्याउदै आउने स्थानीय कमिटीहरुले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !