नेकपा माओवादी केन्द्र दाङका इन्चार्ज गौतमद्वारा राजीनामा
प्रकाशित मिति : 18 April, 2022 1:20 pm
दाङ । स्थानीय तहको चुनाव नजिकिएका बेला नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज जीवन गौतमले राजीनामा दिएका छन् ।
घोराहीमा आज पत्रकार सम्मेलन गर्दै इन्चार्ज गौतमले पार्टीको सबै जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । गौतमले घोराही उपमहानगरपालिका मेयरको दाबी गर्दै आएका थिए ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट बनेपनि तेस्रो स्थानमा रहेका थिए ।
आफूले नेकपा माओवादी केन्द्रको सबै तहबाट राजीनामा दिएको भन्दै तत्काल कुनै पार्टीको सदस्यता नलिने बताएका छन् ।








