९ पुस २०८२, बुधबार

निर्वाचन कुनै हालतमा सर्दैन : प्रचण्ड

प्रकाशित मिति :  18 April, 2022 3:09 pm


काठमाडौं । नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन नसर्ने बताएका छन् । निर्वाचन सर्छ भनेर गरिएको प्रचार सत्य नरहेको उनको भनाई थियो ।

“केही मानिसले त निर्वाचन हुने दिनको बिहानसम्म पनि निर्वाचन सर्दैछ रे नी हो ? भनेर जिज्ञासा राख्ने गरेको पाइन्छ । यो नेपालमा एक खालको प्रवृत्ति पनि देखिएको छ”, अध्यक्ष प्रचण्डले भने , “गठबन्धनका आबद्ध दलका तर्फबाट यस्तो विषयमा कहीँकतै पनि चर्चा भएको छैन । यही वैशाख ३० गते नै निर्वाचन हुन्छ, गरिन्छ ।”

नेकपा(माओवादी केन्द्र) द्वारा पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई निर्वाचनमा सहभागी गराउने भन्दै निर्वाचन सार्न लागिएको छ रे नी ? भन्ने प्रश्नको जिज्ञासामा भने , “विप्लव समूहलाई निर्वाचनमा कसरी सहभागी गराउने भन्नेबारेमा गठबन्धन दलका बीचमा साझा मत छ । उहाँहरु पनि निर्वाचनमा सहभागी हुन्छौँ भनेर आउनुभएको छ । त्यसको सम्मान गर्नुपर्छ । तर निर्वाचन भने सर्दैन ।”



प्रतिक्रिया दिनुहोस !