२४ बैशाख २०८१, सोमबार

युक्रेनको पक्षमा लड्न ६ हजार भन्दा बढी भाडाका सैनिक भर्ना : रूस

प्रकाशित मिति :  18 April, 2022 3:28 pm


काठमाडौं । रुसले युक्रेनको पक्षमा लड्न ६ हजार भन्दा बढी भाडाका सैनिक भर्ना भएको तथ्याङ्क सार्वजनिक गरेको छ ।

रुसको रक्षा मन्त्रालयले ६३ देशबाट ६,८२४ भाडाका सैनिक युक्रेनमा भर्ना भएको दाबी गरेको हो । अहिले ४ सय विदेशी सैनिक मारियुपोलमा रहेको अनुमान रुसको छ ।

सबैभन्दा धेरै १७१७ जना पोल्याण्डबाट,१५०० जना अमेरिका,क्यानाडा र रोमानियाबाट विदेशी भाडाका सैनिक युक्रेनमा आएको रुसले दाबी गरेको रुसी समाचार अनलाइन आरटी डटकमले उल्लेख गरेको छ ।

३०० जति लडाकु युके र जर्जियाबाट र १९३ जना टर्किस नियन्त्रित सिरयाको क्षेत्रबाट युक्रेनमा भाडाका सैनिकका रुपमा लड्न आएको रुसको भनाई छ ।

अहिलेसम्म १०३५ भाडाका सैनिकलाई रुसी सेनाले मारेको र ९१२ जनाले युक्रेन छोडेको समाचार उल्लेख छ । अझैपनि ४,८७७ जना किएभ,खरकोभ,ओडेसा,मारियुपोल लगायतका क्षेत्रमा विदेशी भाडाका सैनिक सक्रिय रहेको रुसको दाबी छ ।



प्रतिक्रिया दिनुहोस !