२४ बैशाख २०८१, सोमबार

रुस–युक्रेन युद्धले अटो क्षेत्र प्रभावित, आगामी दुई वर्षसम्म उत्पादन कटौती हुनसक्ने

प्रकाशित मिति :  18 April, 2022 5:11 pm


काठमाडौं । रुस र यक्रेनबीच चर्कंदो युद्धले विश्व अटो उत्पादन क्षेत्र प्रभावित भएको छ । युद्ध जारी रहँदा कम्तिमा आगामी दुई वर्षसम्म अटो सामग्री उत्पादनमा कटौती हुन सक्ने प्रक्षेपण गरिएको छ।

युद्धका कारण देखिएको संकटले पूर्वी युरोपका कारखानाहरु बन्द भइरहेको र कच्चा पदार्थको मूल्यसमेत बढिरहेकाले आगामी वर्षमा अटो उत्पादन तथा विक्रीमा गिरावट आउन सक्ने सीएनबीसीमा प्रकाशित रिपोर्टमा उल्लेख छ।

फाइनान्सियल क्षेत्रको अनुसन्धान गर्ने संस्था एस एण्ड पी ग्लोबल रेटिङ्सले सन् २०२२ मा विश्वव्यापी अटो बिक्रीमा २०२१ मा भन्दा २ प्रतिशतले कमी हुने प्रक्षेपण गरेको छ। युरोपेली अटोबजारमा मात्र करिव ९ प्रतिशतले गिरावट आउन सक्ने प्रक्षेपण गरिएको छ ।

युद्धको कारणले २०२२ र २०२३ मा विश्वव्यापी अटो उत्पादन २.६ मिलियनले कम हुने जनाइएको छ। युद्ध बढ्दै जाँदा पाटपूर्जाको उत्पादनमा अप्रत्यासित रुपमा गिरावट आउनेछ भने यसको प्रभाव विश्वभर पर्ने प्रक्षेपण गरिएको छ।

रिर्पोटको अनुसार अत्यावश्यक अटोमोटिभ पार्टपुर्जाहरूको आपूर्तिमा अवरोध भएकाले उत्पादन प्रभावित हुने देखिएको हो । युद्धका कारण कामदारहरुले काम छाड्ने प्रवृत्तिसमेत बढेको छ ।

अटो उत्पादनका लागि आवश्यक युक्रेनबाट तार हार्नेसहरूको आपूर्ति प्रभावित हुनु यो क्षेत्रका लागि ठूलो चुनौति बनेको छ ।
सवारी साधनम अत्यावश्य पर्ने कच्चा प्यालेडियमको उत्पादनमा रुस एक्लैको हिस्सा करिव ४० प्रतिशत छ। युुद्धले यसको आपूर्तिसमेत प्रभावित छ।

युद्धको कारण एकातिर तेलको मूल्य प्रभावित बनेको छ भने इलेक्ट्रिक सवारी पनि प्रभावित हुने देखिएको छ । इलेक्ट्रिक सवारीमा प्रयोग हुने ब्याट्रिको कच्चा पदार्थ (मेटल) निकेल समेत ठूलो मात्रामा रसियामै उत्पादन हुने गरेको छ।



प्रतिक्रिया दिनुहोस !