१७ बैशाख २०८१, सोमबार

नेपाल टेलिकमको रिंग ब्याक टोनमा कोरोना सन्देश

प्रकाशित मिति :  19 March, 2020 2:58 pm


काठमाडौं, ६ चैत्र ।

नेपाल टेलिकमले कोरोना भाइरसबारे सचेतना सन्देश दिने रिंगब्याक टोनको सुरुवात गरेको छ । यो सँगै कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा फोन गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्नेसहितको सन्देश आजदेखि शुरुवात गरेको छ।

अब फोन गर्ने प्रयोगकर्ताले अर्को तर्फ फोन नउठ्दासम्म कोरानाबाट बच्ने उपाएको बारेमा थाहाँ पाउने छन् । कल गर्दा अब सुरुमा कोभिड-१९ का लक्षण र पटक पटक सावुनपानीले हात धुन, व्यक्तीहरुसँग समाजिक दूरी कायमगर्न सन्देशमा भनिएको छ ।

कोरोनाबारे एकैपटक आम समुदायमा चेतना सन्देश फैलाउन सहयोग पुर्‍याउने उदेश्यका साथ यस अभियानको सुरुवात गरिएको कम्पनीले जनाएको छ । यसअघि कोरोनाभाइरस (कोभीड–१९) संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले टेलिफोन सेवा प्रदायक कम्पनीलाई सन्देशमार्फत जानकारी दिन निर्देशन दिएको थियो ।

विश्वभरी फैलिएको माहामारी कारण मूत्युहुनेको संख्या बढिरहेको बेला टेलिकमको सन्देशले आम समुदायमा धेरै मात्रामा सचेतना सन्देश दिएर राम्रो काम गरेको छ ।



प्रतिक्रिया दिनुहोस !