२७ आश्विन २०८३, मंगलबार

एनसेल र सामसङबीच सहकार्य, घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतसम्म छुट

प्रकाशित मिति :  13 October, 2026 10:31 am


काठमाडौं । एनसेलले सामसङ नेपालसँगको सहकार्यमा चाडपर्वको अवसर पारेर आफ्ना ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरण खरिदमा ३१ प्रतिशतसम्म छुट दिने भएको छ । यसअन्तर्गत टेलिभिजन, फ्रिज तथा वासिङ मेसिनलगायतका उपकरण खरिद गर्दा ग्राहकले अतिरिक्त छुट पाउनेछन् ।

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेला सामसङले उपलब्ध गराउँदै आएको चाडपर्व छुटमा एनसेलका ग्राहकले थप १२ प्रतिशतसम्म छुट पाउनेछन् । यसबाट ग्राहकले कुल ३१ प्रतिशतसम्म खर्च बचत गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकले पाउने अतिरिक्त छुट ५, ८ वा १२ प्रतिशत हुनेछ । छुटको दर ग्राहकले लिएको प्याक वा रेन्टल प्याकमा निर्भर हुनेछ ।

एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारदा र सामसङ नेपालका प्रबन्ध निर्देशक चाङ उक जङको उपस्थितिमा उक्त सहकार्यलाई औपचारिकता दिइएको हो । यस सहकार्यले ग्राहकलाई थप लाभ प्रदान गर्ने र सेवा अनुभवलाई अझ उत्कृष्ट बनाउने दुवै कम्पनीको प्रतिबद्धता प्रतिबिम्बित गरेको छ ।

यो अफर असोज २२ देखि कात्तिक ३० गतेसम्म लागू हुनेछ । यस अवधिमा दसैँ, तिहार र छठलगायतका प्रमुख चाडपर्व पर्छन् । ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ सेक्सनमा गएर आफ्नो योग्यता जाँच गर्न सक्नेछन् । त्यसपछि नेपालभरिका सहभागी सामसङका आधिकारिक बिक्री केन्द्रमा गई छुटको सुविधा लिन सक्नेछन् ।

एनसेलका प्रोडक्ट डाइरेक्टर ललित शारदाले कम्पनीले कनेक्टिभिटी सेवामा मात्र सीमित नभई ग्राहकलाई थप मूल्य र लाभ प्रदान गर्ने लक्ष्य राख्दै आएको बताए ।

“यसै प्रतिबद्धतालाई निरन्तरता दिँदै चाडपर्वको अवसरमा सामसङसँग सहकार्य गर्न पाउँदा हामी हर्षित छौँ । यस सहकार्यबाट हाम्रा ग्राहकले विश्वासिलो ब्रान्डका घरायसी विद्युतीय उपकरण खरिद गर्दा अतिरिक्त छुटको लाभ लिन सक्छन् । यसले चाडपर्वको खुसीलाई अझ बढाउनुका साथै ग्राहकलाई खुसी साट्दै चाडपर्व मनाउन थप उत्साह प्रदान गर्ने विश्वास लिएका छौँ,” उनले भने ।

यस सहकार्यले एनसेलको देशव्यापी ग्राहक पहुँच तथा डिजिटल प्लेटफर्मलाई सामसङका उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादन र आधिकारिक बिक्री सञ्जालसँग जोडेको छ । यसबाट ग्राहकको खरिद अनुभवलाई थप सहज र लाभदायी बनाउने उद्देश्य राखिएको दुवै कम्पनीले जनाएका छन् ।

अतिरिक्त छुट लिन योग्य ग्राहकले एनसेल एपको ‘पार्टनर्ड सर्भिसेज’ सेक्सनमा गई आफ्नो योग्यता जाँच गर्नुपर्नेछ । त्यसपछि आफूलाई पायक पर्ने नेपालभरिका कुनै पनि सहभागी सामसङ आधिकारिक बिक्री केन्द्रमा गएर छुट लिन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस !