५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दै राष्ट्रिय वाणिज्य बैंक
काठकाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले ५ अर्ब रुपैयाँ बराबरको RBBL Debenture, 2089 ऋणपत्रको निष्कासन गर्ने भएको हो ।
बैंकले प्रति ऋणपत्र अंकित मूल्य एक हजार रूपैयाँको दरले कुल ५ अर्ब रुपैंया बराबरको ५० लाख कित्ता दश वर्षे ऋणपत्र बिक्री गर्न लागेको हो । आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरेपछि ऋणपत्र जारी गरिने बैंकले जनाएको छ ।
बैंकले उक्त ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गर्ने भएको छ । आज बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भिष्मराज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।
RBBL Debenture, 2089 नामको कुल ५० लाख कित्ता ऋणपत्रमध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थाहरुलाइ बिक्री गरिनेछ भने २० लाख कित्ता सर्वसाधारण नेपालीको लागि सार्वजनिक निष्कासनबाट ऋणपत्र बिक्री गरिनेछ ।
केयर रेटिङ्ग नेपाल लिमिटेडले बैंकलाई समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा प्रयाप्त मात्रामा सुरक्षा प्रदान गर्ने संस्थाको रुपमा रहेको संकेत गर्ने CARE-NP A+(Is रेटिङ्ग प्रदान गरेको छ ।








