९ पुस २०८२, बुधबार

सेञ्चुरी बैंकले तल्लो चिरखुवा जलविद्युत आयोजनामा लगानी गर्ने

प्रकाशित मिति :  18 April, 2022 6:12 pm


काठमाडाैं । सेञ्चुरी कमर्सियल बैंकले ४.०६ मेगावाटको तल्लो चिरखुवा होइड्रोइलेक्टीक प्रोजेक्टको फाइनान्सियल क्लोजर सम्पन्न गरेको छ ।

प्रदेश नम्बर १ को षडानन्द नगरपालिका भोजपुरमा बन्ने यो जलविद्युत परियोजना एल.सि. इनर्जी प्राइभेट लिमिटेडले प्रर्वद्धन गरेको हो । तल्लो चिरखुवा चिरखुवा होइड्रोइलेक्टी प्रोजेक्टमा सञ्चुरी बैंकको एकल लगानी रहेको यस परियोजनामा बैंकको ऋण लगानी ७० प्रतिशत र बाँकी प्रर्वद्धकको लगानी रहेको छ ।

यस परियोजनाका प्रर्वद्धकमा दिपक राई, विश्वमोहन श्रेष्ठ, केदारनाथ कार्की, दावाजंग्मु श्रेष्ठ लामा तथा ग्रुप रहनुभएको छ भने उक्त समूहले ४.७ मेगावाट क्षमताको उपल्लो चिरखुवा होइड्रोपावर परियोजना निर्माण गरी विद्युत उत्पादन गर्ने क्रममा रहेको छ ।

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ्ग र ११३ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !