१५ बैशाख २०८१, शनिबार

पाकिस्तानमा ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल

प्रकाशित मिति :  19 April, 2022 4:01 pm


Islamabad: In this photo released by the Press Information Department, newly elected Pakistani Prime Minister Shahbaz Sharif addresses the National Assembly session, in Islamabad, Pakistan, Monday, April 11, 2022. Pakistan’s parliament elected opposition lawmaker Sharif as the new prime minister Monday, following a week of political turmoil that led to the weekend ouster of Premier Imran Khan. AP/PTI Photo(AP04_11_2022_000203B)

काठमाडौं । पाकिस्तानका ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल गठन भएको छ । मन्त्रीमण्डलका ती सदस्यलाई मङ्गलबार सपथ गराइएको छ । पाकिस्तानका कार्यबाहक राष्ट्रपति सादिक सान्ज्रानीले सपथ गराएका हुन् ।

पाकिस्तानको प्रधानमन्त्रीमा शेहबाज शरिफ निर्वाचित भएपछि गठित नयाँ मन्त्रिपरिषदको सदस्यका रुपमा उनीहरुलाई नियुक्त गरिएको जनाइएको छ । उनीहरुमध्ये तीन जना राज्य मन्त्री हुन् भने ३१ जना मन्त्री हुन् ।

राष्ट्रपति अरिफ अल्भीले सपथ गराउन अस्वीकार गरेपछि केही दिन पछाडि सारेर सपथ गराइएको हो । प्रधानमन्त्री शरिफ यही अप्रिल ११ मा निर्वाचित भएका थिए । पाकिस्तानमा तत्कालीन प्रधानमन्त्री इमरान खानले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि उनले राजीनामा दिएका थिए ।

त्यसपछि विपक्षी गठवन्धनका तर्फबाट प्रधानमन्त्रीको उम्मेदबार बनेका शरिफ संसदबाट प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् । उनलाई गठवन्धनका अन्य दलहरुको पनि समर्थन रहेको थियो । रासस



प्रतिक्रिया दिनुहोस !