नेप्से परिसूचक १३ अंकले बढ्दा सबै उपसमहमा हरियाली
काठमाडौं । सेयर बजारमा आज हरियाली छाएको छ । विगत केही दिनदेखि दोहोरो अंकले घटेको सेयरबजार आज भने ब्रेक लागेको छ । कारोबारको सुरुवाती समयदेखि नै उतारचढाव आएको नेप्से परिसूचकमा कारोबार बन्द हुने बेला भने हरियाली छाएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १३.३७ अंकले बढेर २३५७.२४ अंकमा पुगेको छ । सेन्सेटिभ परिसूचक पनि ३.६१ अंकले बढेर ४४७.७६ अंकमा पुगेको छ ।
आज नेप्सेमा कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहको सेयर बढेको छ । सबैभन्दा धेरै अन्य उपसमूह बढेको छ ।
मंगलबार कारोबार रकमका आधारमा नबिल बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । बैंकको ६ करोड ३० लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।
आजको दिन नेप्सेमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रीन भेञ्चर्स कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।
त्यस्तै आजको दिन दिव्यश्वरी हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ८.८२ प्रतिशतले घटेको छ ।
कूल २२९ वटा कम्पनीको ३२ लाख १३ हजार एक सय ९५ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३२ करोड ६८ लाख ६५ हजार ९ सय ३२ रूपैयाँबराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।








