७ पुस २०८२, सोमबार

स्याङ्जामा आचारसंहिता पालना गर्न समन्वय समिति गठन

प्रकाशित मिति :  19 April, 2022 4:13 pm


स्याङ्जा । स्याङ्जा जिल्लामा स्थानीय तह निर्वाचनका मिति नजिकिदै गर्दा सरोकारवालाले आचारसंहिता पालना गर्न समन्वय समिति गठन गर्ने निर्णय गरेका छन ।

स्थानीय तह निर्वाचन २०७९ र निर्वाचन आचार संहिता २०७८ सम्बन्धी प्रशिक्षण कार्यक्रममा सो निर्णय गरेका हुन।

निर्वाचनका बेला उत्पन्न हुन सक्ने जुन सुकै परिस्थितीको समाधानका लागि प्रमुख निर्वाचन अधिकृत संयोजक रहनेगरी प्रमुख जिल्ला अधिकारी, जिल्लाका क्रियाशिल राजनीतिक दलहरुका प्रमुखहरु, निर्वाचन अधिकृतहरु, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु र जिल्ला निर्वाचन अधिकृत सदस्य सचिव रहने गरी समिति गठन भएको हो ।

कार्यक्रममा मुख्य निर्वाचन अधिकृत बसन्तराज पौडेलले निर्वाचन आचार संहिता सम्बन्धी कार्यपत्र समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा ११ वटै पालिकाका निर्वाचन प्रमुख, जिल्ला स्थित राजनीतिक पाटीका प्रमुख एवं प्रतिनिधी, सुरक्षाकर्मी, कर्मचारी लगायतको सहभागिता रहेको थियो।



प्रतिक्रिया दिनुहोस !