५ जेष्ठ २०८१, शनिबार

गठबन्धनमा सहमति जुट्यो : पोखरा महानगर एकिकृत समाजवादीको भागमा

प्रकाशित मिति :  19 April, 2022 4:49 pm


काठमाडौं । सत्तारुढ गठबन्धनमा महानगरपालिका भागबण्डामा सहमति जुटेको छ । मंगलबार बसेको सत्ता गठबन्धनको बैठकले पोखरा महानगरपालिकामा एकिकृत समाजवादीका उम्मेदवार उठाउने सहमति भएको बालुवाटार स्रोतले जनाएको छ ।
बैठकमा गठबन्धनका शीर्ष नेताको बैठकले ६ मध्ये तीन महानगरको नेतृत्व कांग्रेसले लिने, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एक/एक महानगरको नेतृत्व लिने सहमति गरेको स्रोतले बताएको छ ।
सहमति अनुसार कांग्रेसले काठमाडौं, ललिपुर र विराटनगरपालिकाको प्रमुखमा आफ्नो उम्मेदवार उठाउने छ भने पोखरा महानगरपालिका एकीकृत समाजवादी पाउनेछ । नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिका र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकाको नेतृत्व पाउने बैठकमा सहभागी एक नेताले बताए ।



प्रतिक्रिया दिनुहोस !