५ जेष्ठ २०८१, शनिबार

स्थानीय तह निर्वाचनमा भाग लिने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने

प्रकाशित मिति :  19 April, 2022 5:47 pm


काठमाडौं । स्थानीय तह निर्वाचनमा भाग लिने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने भएको छ ।

निर्वाचन आयोगले आचारसंहितामार्फत गरेको राजीनामा दिनुपर्ने प्रवाधान तत्काल कार्यान्वयन नगर्नु भनी सर्वोच्च अदालतले यसअघि दिएको अल्पकालीन अन्तरिम आदेश मंगलबार खारेज भएको छ ।

न्यायाधीशहरु तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिट निवेदन खारेज हुने निर्णय गरेको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

निर्वाचन आयोगले आचार संहितामा बहालवाला जनप्रतिनिधि उम्मेदवार हुन चाहेमा पदबाट राजीनामा गर्नुपर्ने प्रावधान राखेको छ । सोही प्रावधानविरुद्ध अन्तरिम आदेशसहित बदर हुनुपर्ने माग राख्दै शेर्पाले रिट दर्ता गराएका थिए ।



प्रतिक्रिया दिनुहोस !