९ पुस २०८२, बुधबार

गर्भनर अधिकारीलाई निलम्बन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

प्रकाशित मिति :  19 April, 2022 5:56 pm


काठमाडौं । सर्वोच्च अदालतले गर्भनर महाप्रसाद अधिकारीलाई निलम्बन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

न्यायाधीस हरि फुयालको एकल इजलासले गर्भनर अधिकारीलाई निलम्बन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

अदालतले काममा रोक नलगाउन पनि भनेको छ । निर्णय तत्काल कार्यान्वयन नगर्नु नगराउन र निवेदकलाई आफ्नो पदीय जिम्मेवारी पुरा गर्न दिन समेत अदालतले भनेको छ ।

अदालतले छलफलका लागि दुबै पक्षलाई वैशाख १३ गते बोलाएको छ ।



प्रतिक्रिया दिनुहोस !