स्याङ्जामा सुरक्षा निकायद्वारा मतदान स्थलको निरीक्षण
प्रकाशित मिति : 20 April, 2022 3:49 pm
स्याङ्जा । स्थानिय तहको निर्वाचन नजिकिदैँ गर्दा निर्वाचनका कार्यहरुपनि तिव्र गतिमा अघि बढ्दै गएका छन् । सोहि अवसरमा स्याङ्जा जिल्लामा पनि मतदान स्थलहरुको निरीक्षण गरिएको छ ।
जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रमुख प्रहरी उपरिक्षक राजिब बहादुर बस्रेत सहित अन्य सुरक्षा निकायका प्रमुखहरुको टोलिद्धारा मतदान स्थल निरीक्षण गरिएको हो ।
टोलिद्धारा भीरकोट नगरपालिकाका स्थानिय तह निर्वाचन २०७९ को मतदान स्थलहरु मध्ये रानीरह आधारभूत विद्यालय, ध्रुवदेउराली आधारभूत विद्यालय सहित अन्य स्थलहरुको निरीक्षण गरेको प्रहरी कार्यलय स्याङ्जाले जनाएको छ ।
निर्वाचनको मिति नजिकिदैँ गर्दा स्याङ्जामा सरोकारवालाहरुले आचारसंहिता पालना गर्न समन्वय समिति समेत गठन गरेका छन् ।








