बुधबार ३६ अंकले घट्यो नेप्से परिसूचक
काठमाडौं । मंगलबार दोहोरो अंकले बढेको सेयरबजार आज भने दोहोरो अंकले नै घटेको छ ।
नेपाल स्टक एक्स चेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३६.७३ अंकले घटेर २३२०.५१ अंकमा झरेको छ । यस्तै, सेन्सेटिभ परिसूचक पनि ६.६९ अंकले घटेर ४४१.०८ अंकमा झरेको छ ।
स्टकका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये सबै उपसमूहको सेयर घटेको छ । सबैभन्द धेरै फाइनान्स समूह घटेको छ ।
आज नेप्सेमा कारोबार रकमका आधारमा नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको अग्रस्थानमा रहेकोे छ । संस्थाको १४ करोड १९ लाख रूपैयाँ बराबरको कारोबार भएको हो ।
बुधबार ग्रीन भेञ्चर्स र जाल्पा सामुदायिक लघुवित्तका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।
आज नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।
कूल २२८ वटा कम्पनीको ३५ लाख ७० हजार १४ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४५ करोड ८७ लाख ३७ हजार ७ सय ५५ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।








