७ पुस २०८२, सोमबार

हुरीले उडाएको जस्तापाताले लागेर मृत्यु

प्रकाशित मिति :  20 April, 2022 5:34 pm


जलेश्व । जलेश्वर नगरपालिका वडा नं ८ स्थित सानो रतवारा गाउँमा गए राति आएको हावाहुरीले उडाएको जस्तापाता लाग्दा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४५ वर्षीया कुशनदेवी मुखिया रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । गोठमा भैँसी बाध्न गएकी उनलाई आफ्नै गोठमाथि राखिएको जस्तापाता लागेको थियो ।

गम्भीर घाइते उनीलाई गए राति नै परिवारले उपचारको लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याएका थिए । उपचारकै क्रममा मुखियाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक विष्टले बताए । रासस



प्रतिक्रिया दिनुहोस !