९ पुस २०८२, बुधबार

सत्तारुढ गठबन्धनमा ६ वटा महानगरपालिका र ११ उपमहानगरपालिकामा सहमति

प्रकाशित मिति :  20 April, 2022 6:00 pm


काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले भागबण्डा टुंगो लगाएको छ । स्थानीय तह निर्वाचनका लागि सत्तारुढ गठबन्धनले ६ महानगरपालिका र ११ उपमहानगरपालिकाको मेयर र उपमेयरमा सहमति जुटाएका हुन् ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच महानगर र उपमहानगरको मेयर र उपमेयरमा लिखित सहमति नै भएको हो ।

जस अनुसार कांग्रेसले विराटनगर, काठमाडौं र ललितपुरको मेयर तथा वीरगञ्ज, भरतपुर र पोखरा महानगरपालिकाको उपमेयर पद लिनेछ ।

नेकपा माओवादी केन्द्रले भरतपुर महानगरपालिकाको मेयर र ललितपुरको उपमेयर पाउनेछ ।

नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको मेयर र काठमाडौं महानगरपालिकाको उपमेयर पाउनेछ ।
जनता समाजवादी पार्टीले वीरगञ्जको मेयर र विराटनगरको उपमेयर पाउनेछ ।



प्रतिक्रिया दिनुहोस !