७ पुस २०८२, सोमबार

अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जनाको मृत्यु ७ जना घाइते

प्रकाशित मिति :  21 April, 2022 12:56 pm


काठमाडौं । सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् ।

ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको अक्सिजन प्लान्टमा विहान १० बजे अक्सिजन भर्ने क्रममा विस्फोट भएको जिल्ला प्रहरी कार्यालय ललितपूरले जनाएको छ ।

भारतको पश्चिम चम्पारम घर भएका ४५ वर्षीय ब्रिज महतोको मृत्यु भएको ललितपुर प्रहरी परिसर प्रवक्ता सिद्धिविक्रम शाहले जानकारी दिए ।

प्रहरीले घटनामा अन्य ७ जना घाइते भएको बताएको छ । तीमध्ये १जनाको अवस्था पनि चिन्ताजनक रहेको छ ।

मृतककाो शरिरका टुक्राहरु समेत टाढासम्म भेटिएको हुनाले ठुलै इनर्जीका साथ विस्फोट भएको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए ।

घटनास्थल निकै भयावह देखिएको उपाध्यायले भने उद्योगको छाना केही बाँकी छैन, स्थानीयहरुका अनुसार टाढा टाढाका घरका सिसाहरु पनि फुटेका छन ।

घाइतेहरुको पाटन अस्पताल र बीएण्डबी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अक्सिजन भर्नेक्रममा प्राविधिक त्रुटि भएर विस्फोट भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।



प्रतिक्रिया दिनुहोस !