४ जेष्ठ २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीले देशवासीको नाममा सम्बोधन गर्ने

प्रकाशित मिति :  20 March, 2020 2:41 pm


७ चैत्र, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ जनतालाई सम्बोधन गर्ने भएका छन् ।

गत सातामात्र अस्पतालबाट मिर्गौला प्रत्यारोपण गरी फर्किएका प्रधानमन्त्रीले शुक्रबार साँझ देशवासीलाई सम्बोधन गर्ने तयारी भइरहेको ओलीनिकट सा्रेतले जानकारी दिएको छ ।

कोरोनाभाइरसको संक्रमणको जोखिम तथा न्यूनीकरण गर्न भन्दै सरकारले विभिन्न कदम चालेको बेला प्रधानमन्त्री ओलीले कोरोनाविरुद्धको लडाइको पछिल्लो अवस्थाबारे सार्वजनिक रुपमा जनतालाई आश्वस्त पार्नले सम्बोधन गर्न लागेका हुन्।

संबोधनका क्रममा प्रधानमन्त्री ओलीले विशेष घोषणा पनि गर्ने तयारी भइरहेको ओलीनिकट सो्रतले जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले यसअघि अस्पताल भर्ना हुनुअघि देशवासीलाई भिडिओ मार्फत सन्देश जारी गरेका थिए।



प्रतिक्रिया दिनुहोस !