९ पुस २०८२, बुधबार

आरएसडीसी लघुवित्तको खुद मुनाफा २४ प्रतिशतले बढ्यो

प्रकाशित मिति :  21 April, 2022 2:48 pm


काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद मुनाफा २४ प्रतिशतले बढेको छ । कम्पनीकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार तेस्रो त्रैमाससम्ममा कम्पनीले २४.६५ प्रतिशत खुद मुनाफा आर्जन गरेको छ ।

वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ९ करोड ४३ लाख रुपैयाँ खु्द नाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिसम्मको तुलनामा २४.६५ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म संस्थाले ७ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

यो अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि २४.३४ प्रतिशतले बढेर १३ करोड ४७ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म संस्थाको सञ्चालन मुनाफा १० करोड ८३ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी ३६।७६ प्रतिशतले बढेर १६ करोड ५६ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी १२ करोड ११ लाख रुपैयाँ रहेको थियो।

चुक्तापुँजी ८० करोड ५१ लाख रुपैयाँ रहेको संस्थाले तेस्रो त्रैमाससम्म ४ अर्ब ४७ करोड रुपैयाँ सापटी लिई ५ अर्ब ३९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्षको यही अवधिमा संस्थाले ३ अर्ब ५७ करोड रुपैयाँ सापटी लिई ३ अर्ब ७१ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

यो अवधिमा संस्थाले रिजर्भको आकार ८१.०१ प्रतिशतले बढेर ८ करोड ६६ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको रिजर्भमा ४ करोड ७८ लाख रुपैयाँ रहेको थियो।

संस्थाले खराब कर्जा अनुपात (एनपीएल) ०.२३ प्रतिशतमा झार्न सफल भएको छ। गत वर्ष एनपीएल ०.४० प्रतिशत थियो।

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी ९ईपीएस० बढेर १५.६२ रुपैयाँ, पीई रेसियो ४०.२० गुणा, प्रतिसेयर नेटवर्थ १२१ र तरलता अनुपात १.५ प्रतिशत रहेको छ।



प्रतिक्रिया दिनुहोस !