१९ असार २०७९, आइतबार

राष्ट्रिय सभा बैठक अनिश्‍चितकालका लागि स्थगित

प्रकाशित मिति :  20 March, 2020 2:54 pm


७ चैत्र, काठमाडौँ ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको जोखिम कम गर्न राष्ट्रिय सभाको बैठक अनिश्‍चितकालका लागि स्थगित भएको छ ।

शुक्रबार दिउँसो एक बजेका लागि तय भएको बैठक अगावै सुचना जारी गर्दै अर्को सूचना नभएसम्मको लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ।

यसअघि बिहीबार प्रतिनिधि सभाको बैठक चैत १३ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

संक्रमणको जोखिम कम गर्न देशभरका न्यायालयको काम कारबाही पनि दुई साता बन्द हुने भएको छ ।



प्रतिक्रिया दिनुहोस !