९ पुस २०८२, बुधबार

काठमाडौं महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसबाट ५ जनाको नाम सिफारिस

प्रकाशित मिति :  21 April, 2022 4:21 pm


काठमाडौं महानगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसबाट ५ जनाको नाम सिफारिस भएको छ । कांग्रेस काठमाडौं महानगर समितिले मेयरका लागि ५ जना र उपमेयरका लागि २ जनाको नाम सिफारिस गरेको हो ।

मेयरमा सिफारिस भएका ५ जना मध्येकी सृजना सिंह उम्मेदवार हुने लगभग पक्कापक्की भएको कांग्रेसका एक नेताले बताए । सिंह नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहकी पत्नि हुन् ।

मेयरका लागि सिफारिस हुनेमा कांग्रेसको महानगर समितिका सभापति एवं २० नम्बर वडाका अध्यक्ष नीलकाजी शाक्य, वर्तमान उपमेयर हरिप्रभा खड्गी, महासमिति सदस्य सिर्जना सिंह, महानगर समितिका सचिव सुसन वैद्य र प्रगतिमान रञ्जित रहेका छन् ।

त्यस्तै उपमेयरका लागि महानगर समितिकी उपसभापति सुशिल ढकाल र डा.अमित प्रधान शाक्यको नाम सिफारिस गरिएको छ ।

काठमाडौं महानगरको मेयरमा कांग्रेसले सिर्जना सिंहलाई अगाडि सार्ने सम्भावना छ । कांग्रेस नेता प्रकाशमान सिंहकी पत्नीसमेत रहेकी सिंहले मेयर लड्नकै लागि पछिल्लो समय आफ्नो राजनीतिक सक्रियता बढाएकी छिन् ।



प्रतिक्रिया दिनुहोस !