७ पुस २०८२, सोमबार

स्याङ्जा जिल्लामा एसईई परीक्षमा ८ हजार ८३७ परीक्षर्थी सहभागी हुँदै

प्रकाशित मिति :  22 April, 2022 12:10 pm


फाइल तस्बिर।

स्याङ्जा । स्याङ्जा जिल्लामा एसईई परीक्षमा ८ हजार ८३७ परीक्षर्थी सहभागी हुँदैछन् । वैशाख ९ गते शुक्रबारदेखि सुरु हुने परिक्षमा छात्रतर्फ २ हजार ३६८ जना र छात्रातर्फ २ हजार ४१८ जना रहेको जिल्ला शिक्षा समन्वय अधिकारी गुरुप्रसाद पौडेलले बताए ।

जिल्लाका ११ वटा पालिकामा पश्र्रपत्र र उत्तरपुस्तिकालगायतका आवश्यक सामग्री पुर्याइसकेको र सुरक्षाकर्मीका निगरानीमा राखिएको छ । जिल्लाभर ३५ परिक्षा केन्द्र र ३५ जना केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक कर्मचारी, सुरक्षाकर्मी खटाइएको छ ।

स्याङ्जाका ५ वटा विद्यालयमा प्राविधिक शिक्षासम्बन्धी पढाइ हुदैँ आएको छ ।सोही अन्तरगत प्राविधिक शिक्षातर्फ ९६ जना र ग्रेडवृद्धितर्फ ५१ जना रहेका छन् ।

परिक्षा वैशाख २० गतेसम्म सञ्चालन हुनेछ। यस वर्ष भने उत्तिर्णांक नम्बर ३५ पुर्‍याएको छ।



प्रतिक्रिया दिनुहोस !