स्याङ्जाका ११ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यलयको स्थापना
स्याङ्जा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि स्याङ्जामा मुख्य निर्वाचन कार्यलय सहित यहाँका ११ पालिकाहरुमा एकैदिन निर्वाचन अधिकृृतको कार्यालय स्थापना गरिएको छ । निर्वाचन सम्बन्धी अभिमुखीकरण कार्यक्रमसहित जिल्लाका ११ वटै पालिकामा निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको हो ।
वालिङ नगरपालिकामा नगर प्रमुख दिलिपप्रताप खाँण र निर्वाचन अधिकृत उदवीर नेपालीले कार्यलयको व्यानर पढेर कार्यलयको उद्धघाटन गरेका थिए । निर्वाचन सम्बन्धी अभिमुखीकरण कार्यक्रमका अवसरमा वालिङ नगरप्रमुख दिलिपप्रताप खाँणले निर्वाचन कार्यलयको उद्घाटन गरेका हुन् । निर्वाचन सम्बन्धी अभिमुखीकरण कार्यक्रमका अवसरमा वालिङ नगरप्रमुख दिलिपप्रताप खाँणले निर्वाचन आयोगको ऐन नियमलाई पालना गर्दै आगामी स्थानीय तहको निर्वाचनलाई शान्त वातावरणमा सम्पन्र गर्नेमा जोड दिएका थिए ।
निर्वाचन कार्यालयका साथमा प्रशासन, पुलिस तथा राजनितिक दल साथमा रहेकाले निर्वाचनका बेला आचार संहित विपरित काम गरेमा जुनसुकै पार्टीलाई पनि कारबाहीको भागिदार बनाउनुपर्नेमा आफू साथमा रहेको खाँणले बताए ।
कार्यक्रममा निर्वाचन अधिकृत नेपालीले कार्यक्रमको सहजीकरण गर्दै कार्यक्रममा उठेका जिज्ञासाको सामाधान गरेका थिए । साथै राजनितिक दलका प्रमुख तथा प्रतिनिधि, नेपाल प्रहरी, शस्त्र प्रहरी लगायतको सहभागिता रहेको थियो ।








