नेप्सेमा सवा ५ लाख बढी कित्ता बोनस सेयर सूचिकृत
प्रकाशित मिति : 22 April, 2022 1:37 pm
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा शुक्रबार सवा ५ लाख बढी कित्ता सेयर सूचिकृत भएको छ ।
नेप्सेमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस सेयर सूचीकृत भएको हो। यो लघुवित्तको ५ लाख २८ हजार ५०९.११९१ कित्ता बोनस सेयर सूचीकृत भएको छ।
संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई वितरण गरेको ३० प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो।








