बुटवल उप-महानगरपालिकामा एमालेबाट मेयरको उमेद्वार भट्टराई
प्रकाशित मिति : 23 April, 2022 9:47 pm
काठमाडौं । नेकपा एमालेले बुटवल उपमहानगरपालिकाको मेयरमा बाबुराम भट्टराईलाई मेयरको उमेद्वार बनाउने निर्णय गरेको छ ।
आज बसेको सचिवालय बैठकले भट्टराईलाई मेयरको उमेद्वार बनाउने निर्णय गरेको हो । यस्तै उपमेयरमा सावित्रा अर्यालयलाई उठाउने निर्णय गरेको छ ।
मनोनयन सुरु हुने दिनको पूर्व सन्ध्यामा एमालेले महानगरपालिका र उपमहानगरपालिकाको उमेद्वारको टुंगो लगाएको हो ।








