५ जेष्ठ २०८१, शनिबार

आजदेखि काठमाडौंमा पुन: मेलम्चीको पानी

प्रकाशित मिति :  24 April, 2022 8:25 am


काठमाडौं । आजदेखि काठमाडौंका घरघरमा मेलम्चीबाट ल्याइएको पानी पठाइने भएको छ। गत असारमा मेलम्चीमा आएको बाढीका कारण आयोजनालाई क्षति पुगपछि बन्द गरिएको पानी क्षति भएका संरचना निर्माण गरेर पुन: काठमाडौं ल्याउन लागिएको हो।

खानेपानी मन्त्री उमाकान्त चौधरीले आज बिहान ९ बजे नयाँ बानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेपछि घरघरमा पानी वितरण सुरू हुनेछ।

गत माघ १४ गतेदेखि मेलम्ची आयोजनाको मर्मत गरिएको थियो। दुई महिनामा मर्मत गरी गत चैत २९ मा मेलम्चीबाट पानी काठमाडौं पठाउन सुरू गरिएको थियो।

मेलम्चीको पानी काठमाडौं आएपछि यहाँ देखिएको पानी संकट समाधान हुने मन्त्री चौधरीले बताउने गरेका छन्। मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं आउनेछ।



प्रतिक्रिया दिनुहोस !