९ पुस २०८२, बुधबार

एमालेले तेह्रथुमका पालिका प्रमुख उपप्रमुखको टुंगो लगायाे

प्रकाशित मिति :  24 April, 2022 11:20 am


काठमाडौैं । नेकपा एमालेले तेह्रथुमका पालिका प्रमुख उपप्रमुखको टुंगो लगाएको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्याङलुङ् नगरपालिकामा मेयरमा संजय तुम्बाहाम्फे र उपमेयरमा जमुना सुवेदी उठ्ने भएका छन् भने लालीगुँरास नगरपालिकामा मेयरमा गणेश लिम्बु(सेने) र उपमेयरमा छविमाया तिम्सिनालाई उठाउने निर्णय भएको छ । त्यस्तै मेन्छयायेम गाउँपालिकाको अध्यक्षमा यादव खापुङ्ग र उपाध्यक्षमा प्रेमलता गौतम, पेदाप गाउँपालिकामा हरि चोङ्गवाङ्ग र उपाध्यक्षमा गीता थापा उमेद्वार बन्ने भएका छन् ।

छथर गाउँपालिकाको अध्यक्षमा सन्तवीर तिगेला र उपाध्यक्षमा तारा खरेल ढकाल, अठराई गाउँपालिकामा रामचन्द्र थपलिया अध्यक्ष र रुपा कन्दङ्गवा उपाध्यक्षको उमेद्वार बन्ने गरी टुंगो लगेको छ ।



प्रतिक्रिया दिनुहोस !