७ पुस २०८२, सोमबार

भीरकोटमा संचालन गरिएको रक्तदान कार्यक्रममा ५६ युनिट रगत संकलन

प्रकाशित मिति :  24 April, 2022 11:45 am


स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिकामा संचालन गरिएको रक्तदान कार्यक्रममा ५६ युनिट रगत संकलन भएको छ । “रगत नालीमा हैन मानिसको नाडिमा बगाऔं” भन्ने मूल नाराका साथ सन्तनिरङ्कारी मण्डल बयरघारी, भीरकोट जेसिज, आँधीखोला पिस युथ क्लबको संयुक्त आयोजना तथा नेपाल रेडक्रस सोसाइटी क्षेत्रीय रक्तसञ्चार सेवा केन्द्र कास्कीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमको समुद्घाट्न गर्दै भीरकोट जेसिजका अध्यक्ष कृष्ण प्रसाद पौडेलले जीवनको सर्वोत्तम दान रक्तदान गरी रगतको अभावमा कोही पनि छ्टपटाइरहेका बिरामीलाई पुनर्जीवन प्रदान गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा बोल्दै भीरकोट नगर प्रमुख छायाराम खनालले समाजमा हुने रक्तदान र परोपकारी कार्यलाई आफूले सदैव सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

२० जना महिला र ३६ जना पुरुष दानवीरबाट संकलित जम्मा ५६ युनिट रगत क्षेत्रीय रक्त सञ्चार सेवा केन्द्रलाई हस्तान्तरण गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !