५ जेष्ठ २०८१, शनिबार

वरिष्ठ अमेरिकी अधिकारी युक्रेन भ्रमण गर्दे

प्रकाशित मिति :  24 April, 2022 12:14 pm


काठमाडाैं। वरिष्ठ अमेरिकी सरकारी अधिकारीहरू कीभ भ्रमण गर्ने भएका छन् । रूस युक्रेन युद्ध सुरु भएयता नै उच्च पदस्थ अमेरिकी अधिकारीहरूको पहिलो भ्रमण हुनेछ।

युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीका अनुसार सैन्य सहायताबारे छलफल गर्न अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन र रक्षामन्त्री लोयड अस्टिन आईतबार युक्रेनको भ्रमण गर्नेछन्।

पेन्टागनले जेलेन्स्कीको दाबीमा टिप्पणी नर्गेने र, दुई रक्षा अधिकारीहरूका अनुसार ह्वाइट हाउस र राज्य विभागले पनि कुनै टिप्पणी नर्गने बताएका छन्।



प्रतिक्रिया दिनुहोस !