केशव स्थापितले बाग्मती प्रदेश सभा सदस्यबाट राजीनामा दिए
प्रकाशित मिति : 24 April, 2022 12:55 pm
काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकामा मेयरको उम्मेदवारी बनेका केशव स्थापितले प्रदेश सभा सदस्यबाट राजीनामा दिएका छन् । आइतबार प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ समक्ष स्थापितले राजीनामा दिएका हुन् ।
जनप्रतिनिधिले पुन उम्मेदवार हुन राजीनामा दिने संवैधानिक व्यवस्था अनुसार स्थापितले आइतबार बाग्मती प्रदेश सभा सदस्यबाट राजीनामा दिएका हुन् ।








