एमालेले टुङ्ग्यायो स्याङ्जाका ४ पालिकामा प्रमुख, उपप्रमुख
स्याङ्जा । स्याङ्जा जिल्लामा वैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गरी राजनैतिक दलले विभिन्र पालिकामा उम्मेदवार चयन गर्ने कार्य जारी राखेको छन् ।
यही क्रममा स्याङ्जामा नेकपा एमालले ११ पालिकाहरु मध्य ४ वटा पालिकामा आफ्नो उम्मेदवार चयन गरिसकेको छ भने बाकीँ पालिकामा ११ र १२ गतेभित्र सम्पूर्ण उम्मेदवार चयन गर्ने छ ।
स्मार्ट सिटीको रुपमा चिनिने वालिङ नगरपालिकामा नेकपा एमालेबाट प्रमुुखमा कृष्ण खाँण र उपप्रमुखमा खगिसरा थापालाई चयन गरेको छ । त्यस्तै आधिँँखोला गाउँपालिकामा अध्यक्षमा विश्व पौडेल र उपाध्यक्षमा सिता थापालाई उम्मेदवार चयन गरेको छ ।
साथै अर्जुनचौपारी गाउँपालिकामा अध्यक्षमा चिनमाया गुरुङ र उपाध्यक्षमा टंकप्रसाद खनाललाई उम्मेदवार चयन गरेको छ भने हरिनास गाउँपालिकाको अध्यक्षमा खिमनारयण मान्नधर र उपाध्यक्षमा इन्द्र कुमारी रानालाई चयन गरेको छ ।








