‘सबल स्थानीय सरकार : समुन्नत गाउँ, समुन्नत नगर’ भन्ने नारासहित कांग्रेसको घोषणापत्र सार्वजनिक
प्रकाशित मिति : 24 April, 2022 2:17 pm
नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनका लागि ८८ पृष्ठ लामो घोषणापत्र (संकल्प) सार्वजनिक गरेको छ । आइतबार पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा सो पार्टीका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत पूर्णबहादुर खड्का, विश्वप्रकाश शर्मा र गगन थापाले निर्वाचन घोषणापत्र सार्वजनिक गरेका हुन् ।
आइतबार एक कार्यक्रमका बीच कांग्रेसको घोषणा पत्र तयारी समितिले तयार पारेको ‘नेपाली कांग्रेसको संकल्प, स्थानीय तह निर्वाचन २०७९’ आज सार्वजनिक गरिएको हो ।








