रोल्पा जिल्लामा सत्तारुढ दलहरुबीच गठबन्धन नहुने
रोल्पा । सत्तारुढ नेपाली कांग्रेस र माओवादीबीच तालमेल नमिलेपछि रोल्पा जिल्लामा दलहरुबीच गठबन्धन नहुने भएको छ । सत्तारुढ गठबन्धनले स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरपालिकाको पद भागबन्डा मिलाए पनि जिल्ला तहमा भने असन्तुष्टि चुलिएपछि रोल्पा जिल्लामा गठबन्धन नहुने भएको नेपाली कांग्रेसका नेता अनुपम जिसीले बताए ।
जिल्लामा १० वटा पालिकाहरु रहेका छन् । १० पालिकाहरु मध्ये एक नगरपालिका र नौँ गाउँपालिका रहेको जिल्लामा आज बसेको गठबन्धनको बैठकले कुनैे पालिकाहरुमा गठबन्धन नगरि अघि बढ्ने भएको छ ।
यसभन्दा अघिको बैठकमा १० पालिकाहरुमध्ये ३ पालिका काँग्रेसलाई ७ वटा पालिका माओवादीलाई र ७२ वडाहरु मध्ये ३२ वटा वडा काँग्रेसलाई र ४० वटा वडा माओवादीलाई दिने छलफल भएको र कार्यकर्ता देखि नेताहरुले विरोध जनाएपछि गठबन्धन नगरि एक्लै जाने निर्णय गरेको जिल्ला महाधिवेशन प्रतिनिधि जिसिले बताए ।








