बुद्ध एअरबाट वेवारिसे अवस्थामा १० हजार अमेरिकी डलर बरामद
प्रकाशित मिति : 24 April, 2022 5:56 pm
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एअरलाइन्सबाट डलर बरामद भएको छ ।
आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा पार्क गरिएको विमानभित्र १ सय दरका १ सय ८ थान गरी जम्मा १० हजार ८ सय अमेरिकी डलर हिजो साँझ बरामद गरिएको प्रहरीले जनाएको छ ।
बुद्ध एयरको उडानद्वारा भद्रपुरबाट काठमाडौं अवतरण भएको विमानको सिटमा छालाको ह्याण्ड ब्यागभित्र वेवारिसे अवस्थामा रहेको उक्त डलर फेला पारिएको प्रहरीको भनाई छ ।
बरामद डलर आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रहरीको भनाई छ ।








