रोल्पाका मुख्य दलले टुङ्ग्याए उमेद्वार,गठबन्धन नहुने
उमा केसी
रोल्पा । रोल्पाका मुख्य तीन दलले स्थानीय तहको उमेदवार टुंगो लगाएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्रकोे आइतबार बसेको पार्टी जिल्ला कमिटी बैठकले जिल्लाका १० वटै स्थानीय तह र वडाको उम्मेदवारको टुंगो लगाएको हो । गठबन्धनबीच चुनावी तालमेल हुन नसकेपछि नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस रोल्पाले जिल्लाका सबै स्थानीय तहको उम्मेदवारी टुंगो लगाएको छ ।
नेकपा एमालेबाट रोल्पा नगरपालिकाको नगरप्रमुखमा घनश्याम आचार्य र नगर उपप्रमुखमा कृष्णीकुमारी गौतम सिफारिस गरेको छ । सुनिलस्मृती गाउँपालिको अध्यक्षमा खिमचन्द्र पुन र उपाध्यक्षमा तारा सेन सिफारिस भएका छन् ।
लुंग्री गाउँपालिका अध्यक्षमा वीरवहादुर खड्का र उपाध्यक्षमा जुनकुमारी बस्नेत,सुनछहरी गाउँपालिकाको अध्यक्षमा जयप्रकाश वुढामगर, उपाध्यक्षमा पूर्माला खत्री, थवाङ गाउँपालिकाको अध्यक्षमा रविन्द्र रोकामगर र उपाध्यक्षमा शान्ति घर्तीमगर उम्मेद्वार बन्ने छन् ।
परिवर्तन गाउँपालिकाको अध्यक्षमा गंगाराम वुढामगर उपाध्यक्षमा सपना रोकामगर, गंगादेव गाउँपालिकाको अध्यक्षमा रोशनकुमार वली र उपाध्यक्षमा निर्मला कुमारी, माडी गाउँपालिको अध्यक्षमा विजयकुमार घर्तीमगर र उपाध्यक्षमा अमृता घर्तीमगर, त्रिवेणी गाउँपालिकाको अध्यक्षमा कर्ण वाँठामगर, उपाध्यक्षमा जानकी बुढामगरलाई पाटीले सिफारिस गरेको छ ।
रुन्टीगढी गाउँपालिको अध्यक्षमा बालाराम वुढामगर र उपाध्यक्षमा हस्तमाली वाँठामगर सिफारिसमा भएका छन् ।परिवर्तन गाउँपालिकाको अध्यक्षमा गंगाराम वुढामगर, माडी गाउँपालिका अध्यक्षमा विजयकुमार घर्तीमगर र उपाध्यक्षमा अमृता कुमारी घर्तिमगरलाई पाटीले सिफारिस गरेको छ ।
माओवादी केन्द्रबाट रोल्पा नगरपालिकाको नगरप्रमुखमा सुरेन्द्र थापा घर्ती र उपप्रमुखमा गीता आचार्य,सुनिलस्मृति गाउँपालिको अध्यक्षमा मनिराम बुढाथोकी र उपाध्यक्षमा कुमारी थापा, लुंग्री गाउँपालिका अध्यक्षमा भरत थापा, उपाध्यक्षमा अझै टुंगो लाग्न सकेको छैन ।
सुनछहरी गाउँपालिकाको अध्यक्षमा धनबहादुर पुन र उपाध्यक्षमा ननकला थवाङ गाउँपालिकाको अध्यक्षमा ऋािषकेशव बुढामगर र उपाध्यक्षमा सर्मिला बुढामगर सफारिस भएका छन् । परिवर्तन गाउँपालिकाको अध्यक्षमा शुकबहादुर बुढामगर र उपाध्यक्षमा कलादेवी खत्रीनी, गंगादेव गाउँपालिकाको अध्यक्षमा वीरबहादुर खत्री सिफारिस भएका छन् ।
माडी गाउँपालिको अध्यक्षमा अमरसिंह घर्तीमगर र उपाध्यक्षमा जयपुरी घर्तीमगर,त्रिवेणी गाउँपालिकाको अध्यक्षमा रेशम पुनमगर र उपाध्यक्षमा भागिसरा खत्री, रुन्टीगढी गाउपालिको अध्यक्षमा गोविन्द पुनमगर र उपाध्यक्षमा कौशिला घर्तीलाई पाटीले सिफारिस गरेको छ ।
त्यसैगरि कांग्रेसबाट रोल्पा नगरपाकिाको नगर प्रमुखमा शेर बहादुर थापा र नगर उपप्रमुखमा पुष्पा श्रेष्ठ,सुनिल स्मृति गाउपालिकाको अध्यक्षमा गन्ज बहादुर क्षेत्री,उपाध्यक्षमा तेजकुमारी विष्ट,लुंग्री गाउपालिकाको अध्यक्षमा जनक खड्का,उपाध्यक्षमा मुत्रीदेवी रोकाक्षेत्री,सुनछहरी गाउपालिकाको अध्यक्षमा कोम बहादुर बुढा र कोमी बुढाथोकी,थबाङ गाउपालिकाको अध्यक्षमा खरीलाल डाँगी र उपाध्यक्षमा बरमाया घर्ती,रुन्टिगढी गाउपालिकाको अध्यक्षमा जनक पुन र सरिता केसी,माडी गाउपालिकाबाट अध्यक्षमा गोपाल घर्र्ती र गोठी खत्री,गंगादेव गाउपालिका अध्यक्षमा हरि बहादुर पुन,उपाध्यक्षमा अमृता केसी वली,त्रिवेणी गाउपालिकाबाट अध्यक्षमा राधिका हमाल पुन र उपाध्यक्षमा लेखमणी डाँगी रहेका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा जिल्लाका १० स्थानीय तह मध्ये नेपाली काग्रेशले लुंग्री,नेकपा एमालेले त्रिवेणी र रुन्टीगढी रोल्पा नगरपलिका, माडी,गंगादेव,सुनिलस्मृति,सुनछहरी,थवाङ,परिर्वनगाउँपालिका नेकपा माओवादी केन्द्रले जितेको थियो ।








