९ पुस २०८२, बुधबार

अर्घाखाँचीमा एमालेका नेता एकीकृत समाजवादीमा प्रवेश

प्रकाशित मिति :  24 April, 2022 6:53 pm


अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीका जिल्ला कमिटी सदस्य पदबाट राजीनामा दिएका योगेन्द्र खड्का नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

खड्का आज एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । खड्कालाई एकीकृत समाजवादीका अध्यक्ष राम बहादुर चौहानले स्वागत गरे । सन्धिखर्क ( २ को वार्ड अध्यक्ष पदका आकाक्षी समेत रहेका खड्काले पुरा परिवार सहित राजीनामा दिएका थिए ।

खड्कासँगै परिवारका सबै जगदिश खड्का, हरिकला खड्का र विष्णु खड्काले पनि राजीनामा दिएका छन् ।
लामो समयदेखि नेकपा एमालेमा सक्रिय रुपमा काम गर्दै आएको र समयको माग अनुसार काम गर्न नसक्ने भएकाले आफूले पाएको सम्पूर्ण जिम्मेवारी र पार्टीको साधारण सदस्य समेत नरहने गरी राजिनामा दिएको जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस !