७ पुस २०८२, सोमबार

३००ले सस्तियो सुन

प्रकाशित मिति :  25 April, 2022 11:45 am


काठमाडौं । आज सोमबार नेपाली बजारमा सुनको मुल्य सस्तिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले घटेर तोलाको १ लाख २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ९९ हजार ७०० रुपैयाँमा कारोबार भइरहेका महासंघले जनाएको छ ।

सोमबार चाँदीको मूल्य पनि घटेको छ । आइतबार स्थिर रहेको चाँदी सोमबार तोलाको १० रुपैयाँले घटेर तोलाको १३५० रुपैयाँमा कारोबार भएको महासंघले जानकारी दिएको छ । आइतबार चाँदी प्रतितोला १३६० रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !