९ पुस २०८२, बुधबार

नेकपा एमालेले स्याङ्जा गल्याङको नगरप्रमुखदेखि वडाअध्यक्षको टुङ्ग्यो लगायो

प्रकाशित मिति :  25 April, 2022 11:47 am


स्याङ्जा । स्याङ्जा जिल्लाको गल्याङ नगरपालिकामा नेकपा एमालेको प्रमुख, उपप्रमुख र एघार वटै वडाको अध्यक्षका उम्मेदवारहरुको टुङ्ग्गो लगाएको छ । गल्याङ नगरपालिकामा नेकपा एमालेको प्रमुखमा पारस गैह्रे र उपप्रमुखमा देवीथापा मगरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

गल्याङ नगरपालिका वडा नम्बर १ मा शंकरमणी बस्याल, २ मा खर्ग बहादुर थापा, ३ मा भेमलाल अर्याल, ४ मा नेत्रप्रसाद पाण्डे, ५ मा घनश्याम भट्टराई , ६ मा तोयनाथ भुषाल, ७ मा झविलाल पाण्डे, ८ मा झीम बहादुर थापा, ९ मा छविलाल गैरे, १० मा खिम बहादुर बराल र ११ मा दल बहादुर सिंजालीलाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एमाले स्याङ्जाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !