रोल्पाको सुनछहरी गाउँपालिकामा कांग्रेस,एमाले र विप्लव नेतृत्व नेकपाको गठबन्धन,अध्यक्ष नेकपालाई
प्रकाशित मिति : 25 April, 2022 12:22 pm
रोल्पा । रोल्पाको सुनछहरीमा नेपाली कांग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपाबीच गठबन्धन भएको छ ।
एमाले र कांग्रेसले समर्थन गरेपछि विप्लव नेतृत्वको नेकपालाई अध्यक्ष दिने सहमति भएको हो । कांग्रेसले उपप्रमुख पाएको छ । स्रोतका अनुसार विप्लव नेतृत्वको नेकपाले सूर्य चिन्हबाट चुनाव लड्ने सहमति गरेको छ ।
नेकपाले केन्द्रीय सदस्य अमरसिंह झाक्रीलाई उमेद्वार बनाउने तयारी गरेको छ । स्रोतले भन्यो,“थप छलफल हुँदछ तर अब लगभग सहमति यै नै हुन्छ ।”








