९ पुस २०८२, बुधबार

रोल्पा नगरपालिकामा मेयरका लागि माओवादी केन्द्रबाट घर्तीकाे उमेद्वारी दर्ता

प्रकाशित मिति :  25 April, 2022 1:38 pm


उमा केसी

रोल्पा । राेल्पाकाे रोल्पा नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट सुरेन्द्र थापा घर्तीले उमेद्वारी दर्ता गराएका छन् ।

जिल्लाको एक मात्र नगरपालिकामा घर्तीले उमेद्वारी दर्ता गराएका हुन् । रोल्पा नगरपालिका यसअघि पनि नेकपा माओवादी केन्द्रले जितेको थियो ।

उमेद्वारी दर्ता गराएपछि घर्तीले चुनाव जिते आफ्नो ध्यान अब मानव संसाधन,कृषि र जनस्तर सुधारमा ध्यान केन्द्रित गर्ने बताए । उनले भने “अहिलेसम्म भौतिक पूर्वाधारमा धेरै ध्यान गयो,अब मानव संसाधन मेरो प्राथमिकतामा रहने छ त्यसै गरी कृषि र अन्य कामहरुमा जोड दिने छु ।”



प्रतिक्रिया दिनुहोस !