भरतपुर महानगरको प्रमुखमा एमालेका सुवेदीको मनोनयन
प्रकाशित मिति : 25 April, 2022 3:43 pm
चितवन । भरतपुर महानगरपालिकाको प्रमुख पदमा नेकपा (एमाले) का तर्फबाट विजय सुवेदीले मनोनयन दर्ता गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उनले मनोयन दर्ता गराउनुभएको हो ।
पार्टी कार्यालयबाट नेता कार्यकर्तासहित भेला भएर र्यालीसहित सुवेदी मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए थियो । सुवेदीको प्रस्तावकमा नेकपा एमाले पोलिटब्यूरो सदस्य देवी ज्ञवाली र समर्थकमा एमाले नेता कृष्णभक्त पोखरेल रहेका छन्।
मनोनयनपछि सुवेदीले चितवनले राजनीतिक आन्दोलनको नेतृत्व गरेको भन्दै अब आर्थिक क्रान्तिको नेतृत्व गर्ने बताए । मनोनयन दर्ता गर्नुअघि सुवेदीले पार्टी कार्यालय पसिरमा रहेको मदन भण्डारी र जीवराज आश्रित तथा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल गएर बिपी कोइरालाको शालिकमा माल्यापर्ण गरेका थिए ।रासस








