भरतपुर महानगरको मेयरमा रेनु दाहालले गरिन् उम्मेदवारी दर्ता
प्रकाशित मिति : 25 April, 2022 4:19 pm
चितवन । भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले उम्मेदवारी दर्ता गराएकी छिन्।
सोमबार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगी उम्मेदवारी दर्ता गरेकी हुन्। दाहाल सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गठबन्धनको तर्फबाट मेयरको उम्मेदवार हुन् ।
उनले मेयरमा उम्मेदवारी दिनका लागि केही दिन अघि मात्रै पदबाट राजीनामा दिएकी थिइन्। उनी २०७४मा नेपाली कांग्रेसको सहयोगमा मेयरमा निर्वाचित भएकी थिइन्।








